२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सागर डिस्टिलरीको आईपीओ कहिले हुन्छ बाँडफाँड ?

९ असोज, काठमाडौं । सागर डिस्टिलरीको आईपीओ दशैंअघि नै बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले अहिले डाटा फेरिफिकेशनको काम भइरहेको दशैंअघि नै आईपीओ बाँडफाँड गर्ने जनाएको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजार ४९३ जनाले २ अर्ब ६५ करोड १ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ६५ लाख १ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख १९ हजार ६४ जनाले १० कित्ताका दरले सेयर हात पार्नेछन् । भने २२ लाख ३३ हजार ४२९ जनाको हात रित्तो हुने भएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार ११:४२