प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से
९ असोज, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.५२ अंकले घटेर २६५३.८३ विन्दुमा झरेको छ।
बिहीबार प्रि ओपन सेसनमा ३७ स्टकको ५३ पटकको कारोबारमा १८ लाख २६ हजार २८८ रुपैयाँबराबरको ५ हजार ११२ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : September 25, 2025 at 11:01 am









