जेनजी आन्दोलनको क्षतिमा पर्यो २३ अर्ब ३९ करोडको बीमा दावी, कुन कम्पनीमा कति ?
९ असोज, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा बीमा कम्पनीहरुमा २३ अर्ब ३९ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज ८ गतेसम्ममा कुल २९८८ वटा बीमा दावीबापत २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको हो ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार सबैभन्दा बढी बीमा दाबी सिद्धार्थ प्रिमियम इन्स्योरेन्समा परेको छ । कम्पनीमा ३०७ वटा दावी बाट कुल पाँच अर्ब ४५ करोड ९३ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । त्यस्तै द ओरियन्टल इन्स्योरेन्समा ८६ वटा निवेदनबाट ५ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १९६ वटा आवेदनबाट २ अर्ब ७९ करोड ६६ लाख रुपैयाँको बीमा दाबी परेको छ भने शिखर इन्स्योरेन्समा ३९७ वटा निवेदनबाट २ अर्ब ३९ करोड १३ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२२ वटा दावी बापत एक अर्ब ५७ करोड ५९ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा २६१ वटा दावी बापत एक अर्ब २३ करोड ७८ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा २२९ वटा दावी बापत एक अर्ब १२ करोड ४३ लाख रुपैयाँको कुल बीमा दावी परेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार राष्ट्रिय बीमा कम्पनीमा ३७५ वटा दावी बापत ९० करोड ६८ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्समा १५२ वटा दावी बापत ८४ करोड ४४ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा २०५ वटा दावी बापत ५३ करोड २० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा १९० वटा दावी बापत ५१ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्समा ९२ वटा दावी बापत ४८ करोड दुई लाख रुपैयाँ कुल बीमा दावी परेको छ । प्रभु इन्स्योरेन्समा २० करोड ४९ लाख रुपैयाँको १०९ वटा र नेसनल इन्स्योेरेन्समा ६ करोड ८९ लाख रुपैयाँको २२ वटा आवेदन परेको छ ।
साथै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा १० वटा दावी बापत एक करोड १५ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्समा ९ वटा दावी बापत ७२ लाख रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्समा ९ वटा दावी बापत ४४ लाख रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्समा १७ वटा दावी बापत ४१ लाख रुपैयाँ रुपैयाँको बीमा दावी परेको छ ।
प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार ०९:४९












