१२ चैत्र २०८२, बिहीबार | Fri Mar 27 2026

जोशी हाईड्रोपावरको हकप्रद सेयर बाँडफाँड, झण्डै २ लाख कित्ता सेयर लिलामीमा आउने

९ असोज, काठमाडौं। जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि जारी गरेको हकप्रद असोज ७ गते बाँडफाँड गरेको हो । कम्पनीले गत असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०।६५ अनुपातमा रु।१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने सेयरधनीलाई २२ लाख २४ हजार १७३ कित्ता हकप्रद बाँडफाँड गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।

कम्पनीको १ लाख ८९ हजार ९२७ कित्ता हकप्रद भने बिक्री हुन बाँकी छ । उक्त अवितरित हकप्रद सेयर लिलामीमार्फत सर्वसाधारणलाई बिक्री गर्नेछ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार ०९:१८