नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार
१२ माघ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था सुधाराेन्मुख देखिएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत रहनुभएका अधिकारीको स्वास्थ्य अवस्था सुधारान्मुख देखिएको उहाँका स्वीकय सचिव महेश विष्टले जानकारी दिनुभयो ।

गएको पुस २३ गते अस्पतालमा भर्ना हुनुभएका अधिकारीको स्वास्थ्यमा सुधार भएपछि घर लगिएको थियो । घर लगेपछि उहाँको स्वास्थ्यमा पुनःसमस्या देखिएपछि गत माघ २ गते भर्ना गरिएको थियो । ८२ वर्षीय अधिकारीको मुटु, श्वासप्रश्वास र छातीमा सङ्क्रमण देखिएको छ । मुटुमा समस्या भएपछि गएको बुधबारदेखि सघन कक्षमा उहाँको उपचार भइरहेको छ ।
प्रकाशित मिति : १२ माघ २०७५, शनिबार २२:२५












