४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

८ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी रहेका छन् ।

मंगलबार दिउँसो भन्सार क्षेत्रबाट करिब ८ सय ३५ ग्राम सुनसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। इन्डिगो एयरको उडानमार्फत मुम्बईबाट काठमाडौं आएका उनलाई आगमन भन्सार क्षेत्रमा जाँच गर्दा मलद्वारमा तीन वटा डल्लोमा सुन राखेको खुलेपछि पक्राउ गरिएको हो ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १७:०४