नख्खु कारागारबाट भागेका शिवशिखर सहकारीका सञ्चालक शर्मा पक्राउ
८ असाेज, काठमाडाैं । नख्खु कारागारबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरका सञ्चालक पक्राउ परेका छन्।
सहकारी सञ्चालक केदारनाथ शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सानेपाबाट पक्राउ गरेको हाे । शर्मालाई जिल्ला अदालत भक्तपुरले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। पक्राउ परेका शर्मालाई नख्खु कारागार पठाइसकेको छ।
प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १६:५७












