२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

तोकिएकै मितिमा निर्वाचन गराउन सरकारलाई माओवादीको ध्यानाकर्षण

८ असाेज, काठमाडौँ । नेकपा माओवादी केन्द्रले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले फागुन २१ मै निर्वाचन गर्न सरकारसँग माग गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले  बतायनुभयाे ।

साथै, तोकिएकै मितिमा निर्वाचन गराउनको लागि पार्टीको तर्फबाट आवश्यक भूमिका खेल्ने निर्णय गरेको उहाँले बताउनुभयाे । जेनजी लगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसँग वार्ता र संवाद गरेर समझदारी कायम गर्ने, समाजवादी मोर्चा र अन्य राजनीतिक कार्यदिशा मिल्नेसँग एकता गर्ने, देशभक्त र परिवर्तनकारी पार्टीहरू, सामाजिक सङ्घसंस्थाहरू सबैलाई समेटेर वृहत् संयुक्त मोर्चा निर्माण गर्ने लगायतका निर्णय गरेको उहाँले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १६:३३