१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

२७.८९ अंकले घट्यो नेप्से, ४ अर्ब १२ करोडको कारोबार

८ असोज, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से २७.८९ अंकले घटेर २६५४.३५ को विन्दुमा कायम भएको हो । बुधबार ३१७ कम्पनीको ९४ लाख ८ हजार ६६३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १२ करोड ४८ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन ३ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेको छ । बुधबार माथिल्लो मैलुङ खोला जलविद्युत, सिटी होटल र हिमस्टार उर्जा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको २२ करोड १३ लाख रुपैयाँको कारोबार भएको हो । यस दिन उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ५.३८ प्रतिशत घटेको छ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १५:२४