१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

तीन कम्पनीमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

८ असोज, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से २७.८९ अंकले घटेर २६५४.३५ को विन्दुमा कायम भएको हो । बुधबार ३१७ कम्पनीको ९४ लाख ८ हजार ६६३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १२ करोड ४८ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन ३ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेको छ । बुधबार माथिल्लो मैलुङ खोला जलविद्युत, सिटी होटल र हिमस्टार उर्जा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १५:२०