१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

युनियन हाइड्रोपावरसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

८ असोज, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से २७.८९ अंकले घटेर २६५४.३५ को विन्दुमा कायम भएको हो । बुधबार ३१७ कम्पनीको ९४ लाख ८ हजार ६६३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १२ करोड ४८ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको २२ करोड १३ लाख रुपैयाँको कारोबार भएको हो । त्यस्तै, बुधबार नेपाल रि इन्स्योरेन्सको १७ करोड ३२ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको १३ करोड ३७ लाख रुपैयाँ, सीईडीबि होल्डिसङ्सको १२ करोड ६० लाख रुपैयाँ र शिवम् सिमेन्टको ११ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १५:१५