राष्ट्रपतिले जारी गरे मतदाता नामावली ऐन संशोधन अध्यादेश
८ असोज, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको हो ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १४:२६








