२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

राष्ट्रपति भेट्न प्रधानमन्त्री कार्की शीतल निवासमा

८ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नुभएको छ। प्रधानमन्त्री कार्कीले शितल निवासमा पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो ।

भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामकारबाही, फागुन २१ का लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनलगायतको विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १३:३७