मधेश सरकारबाट समर्थन फिर्ता लिने कांग्रेसको निर्णय
८ असोज, काठमाडौं । नेपाली कांग्रेसले मधेस प्रदेशलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। जनकपुरमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिनुभयो ।
२४ भदौमा जेनजी आन्दोलनको क्रममा मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गर्नुभएको थियो । जनमतले सरकारमा रहेका आफ्ना मुख्यमन्त्री सहित दुई मन्त्रीलाई फिर्ता र समर्थन फिर्ता लिएको पत्र मधेश प्रदेश सभामा ३१ भदौमा बुझाइसकेको छ ।
प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १३:१५








