१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

हिमालयन लाइफको २६ हजार कित्ता सेयर बिक्रीमा

८ असोज, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार ६६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयअवधिभित्र सो सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १०:०६