१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन

८ असोज, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा कामना सेवा विकास बैंक र युनिभर्सल पावरको सेयरमूल्य समायोजन भएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपश्चात कामना सेवा विकास बैंकको सेयरमूल्य प्रतिकित्ता ४७७.७३ रुपैयाँ कायम भएको छ । बैंकको अन्तिम कारोबार मूल्य ५२५.५० रुपैयाँ कायम थियो ।

कामना सेवा विकास बैंकले गत आवका लागि १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव गरेको छ ।

त्यस्तै, युनिभर्सल पावरको सेयरमूल्य प्रतिकित्ता ३८०.२८ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४१४.५० रुपैयाँ थियो । यूनिभर्सल पावरले ९ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार ०९:११