नेप्सेका अध्यक्ष र सीईओ ११ घण्टादेखि कार्यालयमै बन्धक
७ असोज, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अध्यक्ष हेमन्त बस्याल र सीईओ चूडामणि चापागाईं कार्यालयमै बन्धक भएका छन । कर्मचारीहरुले लामो समयदेखि आफूहरुले पाउने बोनसको विषय नटुङ्ग्याएको भन्दै अध्यक्ष र सीईओलाई कार्यालयमा थुनेर राखेका छन ।

विहान ११ बजेदेखि सीईओको कार्यकर्क्षमा दुबैलाई थुनेका कर्मचारीले अहिलेसम्म कार्यालयमै बन्धक बनाएर राखेक हुन । नेप्सेका एक कर्मचारीका अनुसार भर्खर प्रहरीले पनि खबर पाएको छ ।
कर्मचारीले आन्दोलन सुरू गरेसँगै अध्यक्ष बस्याल र सीईओ चापागाईंलाई कार्यकक्षमै बन्धक बनाएका हुन । बाहिरबाट कार्यालयमा ताला लगाएर कर्मचारीले थुेनका हुन । उनीहरूले बोनसका सम्बन्धमा निर्णय नगर्दासम्म बन्धक नै बनाएर राख्ने चेतावनी दिएका छन ।
प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार २२:२७












