यूनिलिभर नेपालले घोषणा गर्यो लाभांश
७ असोज, काठमाडौं। यूनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले सेयरधनीहरुलाई सञ्चित मुनाफाबाट प्रतिसेयर १८४२ रुपैयाँ बराबरको नगद लाभांश दिने निर्णय गरेको छ । लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक २५ गते ३२ औं वार्षिक साधारण सभा बोलाएको छ ।
यस्तै बैठकले कात्तिक ११ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ कात्तिक १० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १७:३४













