जेनजी प्रदर्शनमा महाराजगञ्ज वृत्तका प्रहरीको हत्या आरोपमा एक जना पक्राउ
७ असोज, काठमाडौं । जेनजी आन्दोलनको प्रदर्शनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे घर भएका युवराज क्याप्छाकी रहेका छन् ।
जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले आक्रमण गर्दा भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको ज्यान गएको थियो ।
महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । सोही भिडियोको आधारमा प्रहरीले क्याप्छाकीलाई पक्राउ गरेको हो । उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान हुने भएको छ ।
प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १६:५७












