३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

कामना सेवा विकास बैक र नेमस्ते पब्लिक हस्पिटलबीच सम्झौता

७ असाेज, काठमाडाैं । कामना सेवा विकास बैंकले झापा, दमकस्थित नमस्ते पब्लिक हस्पिटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्याउने उद्देश्यले स्थापित उक्त नमस्ते पब्लिक हस्पिटलमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट कोशी प्रदेशका प्रमुख खिमलाल भुसाल र नमस्ते पब्लिक हस्पिटलका तर्फबाट अध्यक्ष कुबेर भट्टराईले हस्ताक्षर गरे ।

प्रकाशित मिति : September 23, 2025 at 4:50 pm