१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह

७ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को धितोपत्र वार्षिक नवीकरण बुझाउन आग्रह गरेको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था अनुसार तोकिएको म्यादभित्र शुल्क बुझाउनुपर्ने उल्लेख गर्दै नेप्सेले अझै शुल्क नबुझाएका कम्पनीहरुलाई समयमै शुल्क बुझाउन आग्रह गरेको हो।

नेप्सेमा सूचीकृत ५० करोड रुपैयाँसम्मको चुक्तापूँजी भएका कम्पनीले ५० हजार र ५० करोड रुपैयाँभन्दा माथि चुक्तापूँजी भएकाले १ लाख रुपैयाँबराबरको नवीकरण शुल्क बुझाउनु पर्ने नेप्सेले जारी गरेकाे सूचनामा उल्लेख छ ।

यस्तै, ५० करोड रुपैयाँसम्मको चुक्तापूँजी भएका डिबेञ्चर र म्युचुअल फण्डले २५ हजार रुपैयाँ र ५० करोडभन्दा माथि चुक्तापूँजी भएकाले ५० हजार रुपैयाँ नवीबरण शुल्क तिर्नु पर्ने छ ।

यस्तो रकम ग्लोबल आइएमई बैंकमा रहेको नेप्सेको खातामा जम्मा गर्न सकिनेछ । तोकिएको समयमा रकम नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचिकरण विनियमावली २०७५,को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्न सकिने नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १६:००