नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम भने घट्यो
७ असोज, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६६२.२५ को बिन्दुमा बन्द भएको छ ।
मंगलबार ३२८ कम्पनीको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड २७ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । मंगलबार हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३८ करोड ६८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यस दिन ८ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेकाे छ ।
यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, एशियन हाइड्रोपावर र हिम स्टार उर्जा कम्पनीको सेयर सकारात्मक सर्किट लागेकाे हाे ।
प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १५:२६












