नेपाल रि इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार
७ असोज, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६६२.२५ को बिन्दुमा बन्द भएको छ ।
मंगलबार ३२८ कम्पनीको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड २७ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।
मंगलबार हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३८ करोड ६८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । त्यस्तै, युनिभर्सल पावरको १८ करोड ३० लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको १८ करोड १६ लाख रुपैयाँ, शिवम् सिमेन्टको १६ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १५:१८












