२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

सानिमा रिलायन्स लाइफको ‘क्लब अचिभर्स इभेन्ट २०८२’ सम्पन्न

७ असाेज, काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना उत्कृष्ट बीमा सल्लाहकारहरूलाई सम्मान गर्ने उद्देश्यसहित आयोजित ‘क्लब अचिभर्स इभेन्ट २०८२’ लेमन ट्री प्रिमियर, बूढानीलकण्ठमा सम्पन्न भएको छ। देशभरका शाखा तथा उपशाखामा कार्यरत भई क्लब योजनामा सहभागिता जनाउन सफल बीमा सल्लाहकारहरूको योगदानलाई विशेष रूपमा लक्षित गरिएको कार्यक्रममा कम्पनी अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यवस्थापन समूहको उपस्थिति थियो।

अध्यक्ष केडियाले बीमा सल्लाहकारहरूको निष्ठा, योगदान र कम्पनीप्रति देखाएको विश्वासप्रति आभार व्यक्त गर्दै निरन्तर साथ र समर्थन जारी रहने विश्वास व्यक्त गरे। प्रमुख कार्यकारी अधिकृत पाण्डेले बीमा सल्लाहकारहरूलाई कम्पनीको मेरुदण्डका रूपमा सम्बोधन गर्दै, प्रोत्साहन र क्षमतावृद्धि गर्ने कार्यक्रमहरू भविष्यमा पनि निरन्तर ल्याइने जानकारी दिए। त्यस्तै, डेपुटी सीईओ निराजन कंडेलले सफल बीमा सल्लाहकार बन्न आवश्यक सीप र रणनीतिहरूबारे विचार प्रस्तुत गरे।

कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नी क्लब, आकाश क्लब र ग्यालेक्सी क्लबका सदस्यता कार्यक्रम सञ्चालन गरेको छ। तोकिएको बीमा शुल्क संकलन लक्ष्य हासिल गर्ने सल्लाहकारहरूले क्लब सदस्यता प्राप्त गरी कार्यक्रममा सम्मान प्राप्त गरेका थिए।

कार्यक्रमलाई नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक शिवानी थापा बस्न्यातले सञ्चालन गरेकी थिइन्। चर्चित गायिका समिक्षा अधिकारी र हास्य कलाकार सुन्दर खनालले आफ्नो प्रस्तुति मार्फत कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १५:०७