८ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
७ असोज, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६६२.२५ को बिन्दुमा बन्द भएको छ ।
मंगलबार ३२८ कम्पनीको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड २७ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, एसियन हाइड्रोपावर, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, हिमस्टार उर्जा कम्पनीको सेयरमा सकारात्मक सर्किट लाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १५:१२













