२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

कारागार फर्किए टोपबहादुर रायमाझी

७ असोज, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट भागेका उनी दुई सातापछि मंगलबार कारागार फर्किएका हुन् ।

रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन् । रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी भागेका थिए । उनीसँगै सुन्धारा कारागारमा रहेका भुटानी शरणार्थी प्रकरणमै तत्कालीन सचिज टेकनारायण पाण्डे पनि कारागारबाट भागेका थिए । उनी भने अहिलेसम्म फर्किएका छैनन् ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १३:३५