३ सचिवको सरुवा, गृहसचिव दुवाडी हटाइए, दंगाललाई जिम्मेवारी
७ असोज, काठमाडौं । सरकारले ३ जना सचिवको सरुवा गरेको छ । विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत ३ सचिवको सरुवा भएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह सचिवको जिम्मेवारी दिइएको छ भने त्यहाँ कार्यरत सचिव गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवको जिम्मेवारी दिइएको छ ।
यस्तै, योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।
प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १३:२४












