१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

साना प्रकृतिका बीमा दाबी तिहारसम्म भुक्तानी हुन्छः वीरेन्द्र बैदवार

७ असाेज, काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघका अध्यक्ष वीरेन्द्र बैदवारले साना प्रकृतिको बिमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताउनुभएकाे छ ।

मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरूत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले जेनजी आन्दोलनले निजी क्षेत्रमा करिब ८० अर्बको क्षति भएको बताउँदै तीमध्ये दाबी माग आएका साना प्रकृतिको बिमा दाबी तिहारसम्म भुक्तानी हुने बताउनुभएकाे हाे ।

‘असोज ५ गतेसम्म २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ कुल दाबी आएको छ । यो सरकारी सम्पत्ति बाहेक हो । निजी क्षेत्रले अनुमान गरेको ८० अर्ब क्षतिको हिसाबमा २०/२५ प्रतिशत मात्र बीमाको दायरामा आएको रहेछ । यसमा पनि दुई तीन वटा हाई प्रोफाइलका छन् । हाई प्रोफाइल हटाउने हो भने हाम्रो पोजिसन १२/१३ प्रतिशतमा मात्र बीमाको दायरामा आएको रहेछ । अहिलेको क्षति हेर्दा यो भन्दा ठूलो दाबी आउँछ भन्ने लागेको थियो । नेपालका बीमा कम्पनीले भूकम्प तथा बाढी,पहिरोका भुक्तानी गरेको अवस्था छ । धेरै बीमा भइदिएको भए हामीले उहाँहरूलाई चाँडैनै रिकभरिका लागि सहयोग गथ्र्यौं ।’

अहिले बिमा माग दाबी आएकामध्ये १७ सय दाबी साना प्रकृतिको रहेको उहाँले बताउनुभयाे ।  जुन बिमा माग दाबी अनुमानित ४०–५० लाख देखि २ करोड सम्मको रहेको उहाँले बताउनुभयाे ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १२:३५