३९ सयले बढ्दै नयाँ उचाईमा पुग्यो सुनको मूल्य, प्रतितोला २ लाख २१ हजार नाघ्यो
७ असोज, काठमाडौं । स्थानिय बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि असोज ६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन छापावाल सुन प्रतितोला २ लाख १७ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर दुई हजार ६८० रुपैयाँ पुगको छ ।
प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार ११:००












