नेशनल लाइफको १ लाख ६० हजार कित्ता सेयर बिक्रीमा
७ असोज, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको लाजिमपाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।
बिक्रीमा राखिएको संस्थापक सेयरको मूल्य नियमानुसार हुने प्रचलिन मूल्य भन्दा कम नहुने कम्पनीले जनाएको छ । साथै, तोकिएको मितिभित्र सो सेयर खरिदका लागि कुनै पनि आवेदन पेश नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार ०९:२८












