मन्त्रालयमै खान्छु, ओछ्यान लगाएर यहीँ सुत्छुः शिक्षामन्त्री पुन
६ असोज, काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमै बसेर काम गर्ने बताउनुभएको छ । सोमबार शपथग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले आफू मन्त्रालयमै सुत्ने भन्दै खाटको व्यवस्था गर्न निर्देशन दिनुभएकाे हाे ।
पत्रकारको प्रश्नमा मन्त्री पुनले मन्त्रालयमै बस्ने जवाफ दिनुभएको हो । उहाँले भन्नुभयो, ‘मन्त्रालयमै किचन बनाइन्छ, यही पकाएर खानेछु, यही ओछ्यान लगाएर सुत्नेछु, यहीँ बसेर काम गर्नेछु । ’
प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार १७:४४












