सञ्चार मन्त्रीको पहिलो निर्णयः १० प्रमुख शहरमा नि:शुल्क इन्टरनेट
६ असोज, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गर्नुभएको मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार १७:३६












