१४ पुष २०८२, सोमबार | Mon Dec 29 2025

छायाँ सरकारको प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवाले भने ‘कम्युनिस्टलाई सरकारबाट हटाउँछु’

१२ माघ, सिन्धुली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टलाई सरकारबाट हटाउने दाबी गरेका छन । शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका-३ ग्वालटारमा योद्वा बाबुराम बरालको सालिक अनावरणपछिको कार्यक्रममा सभापति देउवाले नेपाली कांग्रेसले कम्युनिस्टलाई सरकारबाट हटाएरै छाड्ने दाबी गरे ।

छायाँ सरकारको प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवाले  राणा, पञ्चायत र राजा सबै कांग्रेसले फालेको दलिल पेश गर्दै कम्युनिस्टलाई पनि चाँडै नै सरकारबाट हटाउने बताए । उनले भने ‘कम्युनिष्ट सरकारलाई हटाउने पालो आएको छ र हामी त्यो छिट्टै पूरा गर्नेछौँ।’

फाइल फोटो ।

नेपाली कांग्रेसको पछिल्लो गतिबिधिले कांग्रेसमा ठूलो छटपटी देखिएको छ भने जनमतप्रति भयंकर वितृष्णा देखिएको छ । प्रदेश र केन्द्र सरकारमा शून्य सहभागिता र अर्को चार वर्षयसैगरी पार गर्न कांग्रेसलाइ कठिन हुने देखिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७५, शनिबार १८:२६