कर्मचारीले तयार पारेको पहिलो निर्णयमा सञ्चारमन्त्रीले गरेनन् हस्ताक्षर
६ असोज, काठमाडौं । नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर नगरी अर्को प्रस्ताव तयार गर्न निर्देशन दिनुभएको छ ।
आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुग्नुभएको थियो । सो क्रममा कर्मचारीले पहिलो निर्णय हस्ताक्षरका लागि पुर्याएका थिए । तर, मन्त्री खरेलले अर्को निर्णय बनाएर ल्याउन आग्रह गर्नुभएको हो ।
प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार १७:१३












