२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

नवनियुक्त चार मन्त्रीले लिए शपथ

६ असोज, काठमाडौं । नवनियुक्त चार मन्त्रीले शपथ लिनुभएको छ । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरूलाइ शपथ ग्रहण गराउनुभएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्री अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषि मन्त्री डा. मदन परियारले शपथ लिनुभएको हो । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले यी मन्त्रीहरू नियुक्त गरी शपथग्रहण गराउनुभएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार १५:२४