२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

जेनजी आन्दोलनमा ५ लाख बराबरको धनमाल चाेरेकाे आरोपमा ४ जना पक्राउ

६ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा पाँच लाख बराबरको धनमाल चोरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको मोतिहारी घर भएका २८ वर्षीय सरोज आलम, रौतहटका २८ वर्षीय मनिष सुनार, बाराको सिमरा जितपुरका २१ वर्षीय साहाजात मिया र काभ्रेको रोशीका २५ वर्षीय फुर्साङ लामा छन् ।

जेनजी आन्दोलनको क्रममा २४ भदौको दिउँसो साढे १ बजेतिर ललितपुरको ढटल मार्गस्थित एक घरमा रहेको रेष्ट लस एनजीओमा उनीहरूले सुनचाँदीका गरगहना, नगदसहित ५ लाख ७६ हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको आरोप छ । पक्राउ परेका उनीहरूलाई ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार १४:५६