२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

जेनजी प्रदर्शनः २२ अर्ब २५ करोड पुग्यो बिमा दाबी, कुन कम्पनीमा कति ?

६ भदाै, काठमाडाैं । गत  भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण भएको क्षतिको बिमा दाबी २२ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको असोज ५ गतेसम्मको तथ्यांकअनुसार निर्जीवन बिमा कम्पनीमा कुल २४७८ वटा बिमा दाबी परेको छ ।

गत भदौ ३१ गतेसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँको बिमा दाबी परेकामा असोज ५ गतेसम्म आईपुग्दा कुल २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार द ओरियण्टल इन्स्योरेन्समा सबैभन्दा बढी रुपैयाँको बीमा दावी परेको छ । कम्पनीमा कुल ५ अर्ब २२ करोड ९८ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीमा ५ अर्ब ८ करोड २८ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।

त्यस्तैगरी, आईजीआई प्रुडेन्सियलमा २ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ र शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड ३३ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा १ अर्ब ११ करोड ८३ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दावी परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार सानिमा जिआइसी इन्स्योरेन्समा ८१ करोड ७ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ४८ करोड ५१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा ७ करोड नौ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्समा ४५ करोड ७२ लाख रुपैयाँको कुल बीमा दावी परेको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा ४० करोड ९९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा २० करोड ३६ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा ६ करोड ८४ लाख रुपैयाँको बीमा दावी परेको छ ।

साथै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा १ करोड १३ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्समा ७२ लाख रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४४ लाख रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्समा ४१ लाख रुपैयाँ रुपैयाँको बीमा दावी परेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार १२:१६