समता घरेलु लघुवित्तको १० हजार कित्ता सेयर बिक्रीमा
६ असोज, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० हजार कित्ता संस्थापक बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा कम्पनीको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।
साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।
प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार ०९:०६












