देउवा र खड्का निवासमा भेटिएका नोटका टुक्रा र खरानीमाथि अनुसन्धान हुँदै
६ भदौ, काठमाडौँ । सरकारले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा आरजु राणाको निवास र कांग्रेस नेता दीपक खड्काको घरमा जलेको पैसाको नोटका टुक्रा र खरानी माथि अनुसन्धान गर्ने भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसको प्रकिया सुरू गरिसकेको जनाएको छ ।
विभागले आइतबार देउवा र खड्काको जलेको घरमा पुगेर घटना मुचुल्का बनाएर अनुसन्धान अघि बढाएको छ । टोलीले दुवै घरबाट जलेका नोटका केही टुक्रा र वरपरको खरानी संकलन गरेको विगभाका कर्मचारीले बताएका छन ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार ०९:२३








