२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सिआइबीको प्रमुखमा डा मनोजकुमार केसी, प्रहरीकै लागि छवि सुधार्ने अवसर

५ असोज, काठमाडौँ । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को प्रमुखको जिम्मेवारी अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) डा मनोजकुमार केसीलाई सरूवा गरेको छ । डा केसी हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागको प्रमुख रहनुभएको थियो ।

dainiki.com

गृह एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले आइतबारको मन्त्रिपरिषद् बैठकले सरूवाको निर्णय गरेको जानकारी दिनुभयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा अोली र परराष्ट्रमन्त्री डा अारजु राणा देउवाको दबाबमा डा केसी भूमिकाविहीन जस्तै मानिने प्रदेश समन्वय विभागमा रहनुभएको थियो ।

केसीले नेपाल प्रहरीका पूर्व महानिरीक्षक बसन्त कुँवरले बन्द गरेको भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धान गरिरहेको समयमै सत्ताकाे रिसिइवीमा पर्नुभएको थियो । यसअघि नेपाल प्रहरीको छवी सुधार्न महत्वपूर्ण भूमिका खेल्नुभएको केसीको कार्यसम्पादन प्रहरीको छवि सुधारका निम्ति अवसर बन्ने सम्भावना रहेको छ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार ००:३०