घटस्थापनाको दिन आरटीजीएस प्रणाली सुचारु रहने
५ असोज, काठमाडौं । घटस्थापनाका दिन आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै असोज ६ गते आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको हो ।
उक्त दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १६:३३












