सेयर बजारमा उछाल, कारोबार रकममा पनि उच्च वृद्धि
५ असोज, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उछाल आएको छ । यस दिन नेप्से १११.७० अंकले बढेर २६२३.६२ को बिन्दुमा बन्द भएको छ । आइतबार विभिन्न ३२९ कम्पनीको २ करोड ३२ हजार २२४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार कुल १३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन आज सिन्धु विकास बैंक, भुगोल इनर्जी, गुडविल फाएनान्स, शिभम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर, आँखुखोला हाइड्रोपावर, बलेफी हाइड्रोपावर लगायतका कम्पनीसेयर मूल्यमा सकारात्मक सर्किट लागेको हाे । यस दिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक ७.६४ प्रतिशत घटेको छ।
यस दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको आज ८३ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको हो । १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १५:३०












