युएईले दियो क्रिकेट खेलाडीलाई भिसा, भोलि प्रस्थान गर्दै
५ असाेज, काठमाडौं । नेपाली क्रिकेट टीमले युएईको भिसा पाएको छ । भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकोछ ।
नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको थियो । सेप्टेम्बर २७, २९ र ३० मा हुने सिरिजका लागि दुवै राष्ट्रले आ-आफ्नो टोली घोषणा गरिसकेका छन्।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १४:११












