१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

भारत भ्रमण अघि नै पार्टी एकता गर्न प्रधानमन्त्री ओलीको प्रस्ताव


१० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु भारत भ्रमणमा जानु अघि नै एमाले र माओवादीबीच पार्टी एकता गर्ने प्रस्ताव अघि सारेका छन् ।

चैत २३ मा भारत जाने तयारीमा रहेका ओलीले सो प्रस्ताव अघि सारेका हुन् । एमाले अध्यक्ष समेत रहेका ओलीले माओवादी केन्द्रका नेताहरुसामु आफ्नो भारत भ्रमण अघि नै पार्टी एकता गर्ने प्रस्ताव राखेका छन् ।

यसअघि नेताहरुले कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन १० बैशाखमा एकता घोषणा गर्ने बताएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७४, शनिबार १८:२०