आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
५ असोज, काठमाडौं। स्थानिय बजारमा आज पनि सुनको मूल्य बढेको छ । गत शुक्रबार ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ६२० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १०:५६












