२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

सानिमा बैंकले घोषणा गर्यो लाभांश

५ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई सञ्चित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकको हालको चुक्तापूँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १०:२९