८ असार २०८३, सोमबार | Mon Jun 22 2026

छुट्ला है ! सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

५ असोज, काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले भदौ ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज ५ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले गत भदौ ३० गतेदेखि आम सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गरेको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कर्मचारीहरुका लागि ४३ हजार ५६० कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : September 21, 2025 at 9:04 am