अनेरास्ववियुमा नयाँ नेतृत्व चयन गर्न केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूको माग
४ असोज, काठमाडौँ । नेकपा (एमाले)को जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा नयाँ नेतृत्व चयन गर्न केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूले सामूहिक विज्ञप्ति निकालेर माग गरेका छन । अध्यक्ष डा. सुजन कडारियाको राजीनामालाई सदर गरी तत्काल नयाँ नेतृत्व चयन गर्न उनीहरूले माग गरेका हुन । कडरियाले जेनजी विद्रोहमा सहमति जनाउँदै अनेरास्ववियु परित्यागको घोषणा गर्नुभएको थियो ।

बामती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, बागमती प्रदेशका ६ जिल्लाका अध्यक्ष र भरतपुर महानगरका प्रतिनिधिहरूले संयुक्त रूपमा ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै नयाँ अध्यक्ष चयन गर्न माग गरेका हुन । उनीहरूले संकटको घडीमा संगठनलाई बलियो बनाउनुपर्ने नेतृत्व उल्टै भागेको भन्दै उनीहरूले राजीनामाको नाटक गर्ने र कार्यकर्तालाई निराश पार्ने प्रवृत्ति अनेरास्ववियुले स्वीकार गर्न नहुने उल्लेख गरेका छन ।
सुजन स्वयं अनेरास्ववियूमा फर्किने मुडमा नभए पनि उहाँलाई अध्यक्षमा चुनाव लड्नका लागि गुटको टिकट दिने एमाले महासचिव शंकर पोखरेलहरूको अनुरोधमा राजीनामाको घोषणा फिर्ता गर्नुभएको थियो । त्यसपछि कडरियाले धम्कीका करण राजीनामा दिएको बताउनु भएको थियो । तर अनेरास्ववियुका अन्य नेता र कार्यकर्ताले भगौडा मानसिकताले अनेरास्ववियू चल्न नसक्ने भन्दै बिरोध गरिरहेका छन ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार १०:०९












