२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

आफ्ना पूर्व नेता गोविन्द केसीको माग पूरा नगरेको भन्दै नेविसंघद्धारा प्रधानमन्त्रीलाई कालोझण्डा

१२ माघ, काठमाडाैँ । नेपाल विद्यार्थी संघले आफ्ना पूर्व नेता डा गोविन्द केसीको माग पूरा नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाएको छ । शनिबार स्विट्जरल्यान्डबाट स्वदेश फर्केका प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षी दलको भ्रातृ संगठन नेविसंघले आफ्ना पूर्व नेता केसीको माग अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित नगरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै कालो झन्डा देखाएको हो ।

विमानस्थलको आन्तरिक टर्मिनल नजिकै नेविसंघ नेताहरूले प्रदर्शन गर्दै गर्दा पक्राउ परे । नेविसंघले सरकारले दुई तिहाईको दम्भ देखाउँदै अनसरत डाक्टर गोविन्द केसीले उठाएका माग बेवास्ता गरी चिकित्सा शिक्षा विधेयक पारित गरेको अारोप लगाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्टि कक्षबाट फर्किने बेलामा नेविसंघ नेताहरुले प्रधानमन्त्रीलाई कालो झन्डा देखाएका हुन्।

प्रधानमन्त्रीलाइ कालो झन्डा देखाउने नेविसंघ नेताहरु  निरन्जन थापा, सुशील भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुलाई विमानस्थलस्थित प्रहरी गणमा राखिएको छ।

प्रकाशित मिति : १२ माघ २०७५, शनिबार १३:०९