५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

अझै घुस खान छाडेनन् लेखा अधिकृतहरूले

३ असोज, काठमाडाैँ । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की घुससहित पक्राउ परेका छन् । सडक निर्माणको भुक्तानीमा उपभोक्ता समितिका पदाधिकारीसँग एक लाख रूपैयाँ घुस खाँदाखाँदै कार्की पक्राउ परेका हुन ।

dainiki.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ । कार्कीलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहिबार सुर्खेतको बिरेन्द्रनगर नगरपालिका ९, मंगलगढी चोकबाट पक्राउ गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार १६:५८